थाहा नगरपालिका फाइनलमा

मकवानपुर (खेलदैनिक) । थाहा नगरपालिका हेटौंडामा जारी प्रथम अन्तरपालिका जिल्ला स्तरिय पुरुष फुटकल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । हेटौंटा–४ स्थित हुप्राचौरमा बुधबार भएको सेमिफाईनल खेलमा भीमफेदी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै थाहा नगरपालिकाले फाइनलमा स्थान पक्का गरेको हो ।

खेलको ३९औं मिनेटमा थाहा नगरपालिकाका रोशन बलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै थाहाका लागि सन्देश बलले थप एक गोल गर्दै थाहाको जित सुनिश्चित गरे ।

खेलको ६७औं मिनेटमा भीमफेदीका लागि सविन गोलले एक गोल गरे पनि हार भने टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच भीमफेदीका गोलरक्षक निशान थापा घोषित भए ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समित मकवानपुरको व्यवस्थापनमा जारी प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाईनलमा हेटौंडा र बागमती गाउँपालिका बीच खेल हुने आयोजकले जनाएको छ ।

आगामी २५ गते हुने फाईनल खेलको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...