एपीएफलाई हराउँदै झापा एघार फाइनलमा

रमेश समदर्शी, इलाम, खेलदैनिक

इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो माइ भ्याली गोल्ड कपको दोस्रो सेमिफाइनलमा आज झापा एघारले नेपाल एपीएफ क्लबलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

बिशाल राईले १०५औ मिनेट बिजयी गोल गरे ।

दुवै टोलिले अतरिक्त समयमा कुनै गोल नगरेकोले १५ (७.५/७.५ )मिनेट थप समय गरिएको थियो ।

खेलको म्यान अफ दी म्याच बिशाल राई घोषित हुँदै नगद सात हजार पाउन सफल भए ।

झापा एघार र नेपाल आर्मी क्लबबीच फाइनल खेल चैत्र २६ गते हुनेछ ।

यो प्रतियोगितामा विभागीय टिमसहित १० टिम सहभागि छन् ।

माइभ्याली फुटबल क्लब र इलाम जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकप विजेताले नगद चार लाख पाउँदा उपविजेताले नगद २ लाख ५० हजार र ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...