तेस्रो माइ भ्याली गोल्ड कपको दोस्रो सेमिफाइनलमा झापा एघार र नेपाल एपीएफ क्लब इलामको ठूलो टुँडिखेलमा आज भिड्दै छन् ।
खेल ३ बजेबाट शुरु हुनेछ ।
चैत्र २६ गतेसम्म चल्ने यो प्रतियोगितामा विभागीय टिमसहित १० टिम सहभागि छन् ।
माइभ्याली फुटबल क्लब र इलाम जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकप विजेताले नगद चार लाख पाउँदा उपविजेताले नगद २ लाख ५० हजार र ट्रफी पाउनेछ ।