प्रवाशमा पनि नेपाली फुटबल र नेपालीलाई जोड्ने माध्यम बनेका रानाभाटलाई थ्रीस्टारको सम्मान

काठमाडौं (खेलदैनिक) । कतारमा रहेका आप्रवासी नेपालीहरुको नेपाल फुटबल टिम कतार बनाएर नेपाल र नेपाली फुटबललाई कतारमा चिनाएका टिमका अध्यक्ष तथा संस्थापक सञ्जिव रानाभाटलाई सम्मान गरिएको छ ।

नेपाली कम्युनिटी नेशनल टिम–कतार टिम स्थापना गरि प्रवाशमा नेपालीहरुलाई फुटबलको माध्यमबाट एकतामा बाँध्ने काम गरेका रानाभाटलाई नेपालको चर्चित र सफलतम क्लब मध्ये एक रुस्लान थ्रीस्टार क्लबले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा थ्रीस्टार क्लबका अध्यक्ष अरुणमान जोशीले रानाभाटलाई नेपाली क्लब तथा फुटबललाई सधै समर्थन गरेकोमा विशेष धन्यवाद दिए । सो अवसरमा सम्मान ग्रहण गरेपछि रानाभाटले पनि नेपाली फुटबल र फुटबल विकासप्रति आफ्नो धारणा राख्दै नेपाली फुटबलप्रति आफ्नो सधै समर्थन रहने बताए ।

सोही अवसरमा थ्रीस्टार क्लबका कप्तान बिक्रम लामा लगायत क्लबका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । स्मरण रहोस, थ्रीस्टार हाल यहि आउँदो मंसिर ३ गतेदेखि शुरु हुन गईरहेको कतायर एयरवेज शहिद स्मारक ए डिभिजन लिगको तयारीमा छ ।

(तस्विरः थ्रीस्टार क्लब)


प्रतिक्रिया दिनुहोस

Loading...