ललितपुर र धनगढी महिला लिग छनौटको सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । सहज जित निकाल्दै ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका यहाँ जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो क्वाटरफाइनलमा समूह बी को विजेता समेत रहेको ललितपुरले समूह डी को विजेता शिवसताक्षी नगरपालिकालाई ४–० ले हराउँदै अन्तिम चारमा पुगेको हो ।

त्यस्तै दोस्रो क्वाटरफाइनलतर्फ धनगढीले बाँसगढी नगरपालिकालाई १२–१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । स्मरण रहोस, ललितपुर र धनगढी दुवैले सोझै बाई पाएर क्वाटरफाइनलमा भिडेका थिए । बुधबार थप दुई क्वाटरफाइनल खेलहरु हुँदै छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा कुल ३१ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनौट हुने छन् । फाइनल यहि कार्तिक २८ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...