अन्जन, आयुष र सुनिल नगदसहित सम्मानित

हेटौडा (खेलदैनिक) । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका तीन महत्वपूर्ण सदस्य अन्जन बिष्ट, आयुष घलान र सुनिल बल शुक्रबार गृहनगरमा सम्मानित भएका छन् ।

मकवानपुर खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरि तीन खेलाडीहरुलाई नगद २५ हजार, खादा र सम्मानपत्र सहित सम्मानित गरेको हो । यद्यपि सम्मान कार्यक्रममा आयुष घलान भने विविध कारणले उपस्थित हुन सकेनन् ।

खेलाडीहरुलाई बागमती राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी लगायत अन्य अतिथीहरुले सम्मानित गरेका थिए । स्मरण रहोस, नेपालले हालै माल्दिभ्समा सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपको १३औं संस्करणमा पहिलोपटक ऐतिहासिक फाइनलमा स्थान बनाएको थियो ।

तर फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग नेपाल निराश हुन पुगेको थियो । नेपालको ऐतिहासिक सफलता र प्रदर्शनमा अन्जन, आयुष र सुनिलको पनि अहम भूमिका रहेको थियो । अन्जनले भने दोहारो पहेंलो कार्डका कारण दुर्भाग्यपुर्ण रुपमा फाइनल खेल्न सकेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...