झापालाई राष्ट्रिय भेट्रान्सको उपाधि

काठमाडौं (खेलदैनिक) । श्याम कुमार गोले नायक बन्दा झापा भेट्रान्सले मंगलबार सम्पन्न मेयर कप राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ ।

दशरथ रंगशालामा भएको फाइनल भिडन्तमा झापाले खुमलटार भेट्रान्समाथि २–१ को जित निकाल्दै उपाधि माथि कब्जा जमायो । यद्यपि खेलमा अग्रता भने खुमलटारले नै लिएको थियो ।

२७औं मिनटमा कप्तान नरेन्द्र लामाको गोलबाट अग्रता बनाएको खुमलटारले त्यसलाई जोगाउन सकेन । ३७औं मिनटमा श्याम कुमारले झापाका लागि पहिलो गोल गरे भने इन्जुरी समयमा दोस्रो तथा निर्णायक गोल गर्दै झापाली टोलीको जित पक्का गरे ।

फुटबलर्स मिशन टुगेदरको आयोजनामा भएको प्रतियोगिताको विजेता बनेको झापाले उपाधिसहित ५ लाख हात पार्यो भने उपविजेता खुमलटारले २ लाख ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...