कैलाश गाउँपालिकास्तरीय फुटबल प्रतियोगिता शुरु

हेटौडा (खेलदैनिक) । मकवानपुरको कैलाश गाउँपालिकामा गाउँपालिका स्तरिय नकआउट फुटबल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलमा एफसी नमुना बी र एफसी मर्याङकोट विजयी भएका छन ।

पहिलो खेलमा आयोजक टिम एफसी नमुना बी ले एफसी टक्वालाई ३–० ले पराजित गर्न सफल भएको हो । उक्त खेलमा नमुनाका राजीब प्रजापति म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा मर्याङकोटले भालुटार एफसीलाई शुन्यका बिरुद्घ एक गोलले पराजित गरेको हो । उक्त खेलमा निर्णायक गोल गर्न सफल भएका मर्याङकोटका महेश वाईबा म्यान अफ द म्याच घोषित भए ।

नमुना युवा क्लबको आयोजनामा शुरु प्रतियोगितामा १८ टोलीहरुको सहभागीता रहको आयोजक कमिटिका संयोजक विजय लोप्चनले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि कार्तिक १६ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...