कपरसुका च्यालेञ्ज कपमा क्रिएटिभको विजयी शुरुवात

कपरसुका (खेलदैनिक) । कपरसुका च्यालेञ्ज कपमा क्रिएटिभ युवा क्लब, सिजुवाले विजयी शुरुवात गरेको छ । श्री हिमालय आधारभुत विद्यालयमा भएको उद्घाटन खेलमा क्रिएटिभले सिद्धार्थ युवा क्लब, शनिश्चरेलाई पेनाल्टी शुटआउटमा हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । क्रिएटिभका लागि कप्तान पारस देवानले गोल गरेका थिए भने सिद्धार्थका लागि सन्तोष लिम्बुले गोल गरेका थिए । खेलमा पारस नै म्यान अफ द म्याच घोषित भए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन रतुवामाई नगरपालिकाका नगरप्रमुख रबिन राईले एक कार्यक्रमका बीच गरेका थिए । प्रतियोगिता अन्तरगत कार्तिक ११ गते बिहीबारको खेल बारगाछी फुटबल क्लब र गोल्डेन गोल क्लबबीच हुनेछ भने दोस्रो खेल कल्याणपुर युवा क्लब र त्रिभुवन युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

विरानमुनी युवा समाज, रतुवामाई–६ कपरसुकाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले ९ हजार प्राप्त गर्नेछ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक १९ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...