चौथो बेलवारीमा गोल्डकप कार्तिक ११ देखि (खेलतालिकासहित)

पथरी (खेलदैनिक) । नेपाली फुटबल खेलको राजधानीका रुपमा आफूलाई चिनाउदै आएको बेलबारीको लक्ष्मीमार्गमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप हुने भएको छ ।

डाँगीहाट युथ क्लब, लक्ष्मीमार्ग मोरङको आयोजनामा यहि कार्तिक ११ गतेदेखि १७ गतेसमम प्रतियोगिताको चौथो संस्करण हुन लागेको कुरा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गरायो ।

प्रतियोगितमा नेपाल तथा भारतका गरी कुल आठ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यस्तै प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार पाँच सय प्राप्त गर्नेछ भने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्ड फिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही ११–११ हजार हात पार्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४५ लाख आम्दानी र ४० लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता एन्फाको नियम अनुसार खेलाइने भएका कारण खेलाडीलाई रात्रिकालीन यातायात खर्च दुईतर्फी रूपमा व्यवस्था गरिने छ । पहिलो खेलमा सहभागी भएर बाहिरिने टिमलाई १५ हजार र त्यसपछि प्रत्येक टिमलाई २० हजार रूपैयाँका दरले खर्च उपलब्ध गराइने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...