एएफसी यु–२३ एसियन कप छनौटः माल्दिभ्स पनि बहराईन प्रस्थान

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ एसियन कप छनौट खेल्ने तयारीमा रहेको अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स पनि बहराईन प्रस्थान गरेको छ । छनौट प्रतियोगिता खेल्नु अघि माल्दिभ्सले बन्द प्रशिक्षणमा पनि थाल्ने माल्दिभ्स एफएले जनाएको छ ।

छनौट प्रतियोगिताको समूह सी मा परेको माल्दिभ्सले बलियो इराक, आयोजक बहराईन र अफगानिस्तानसँग खेल्ने कार्यक्रम छ । माल्दिभ्सले पहिलो खेल २५ अक्टुबरका दिन इराकसँग खेल्नेछ भने २८ अक्टुबरका दिन बहराईनसँग खेल्नेछ । त्यस्तै ३१ अक्टुबरका दिन अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

समूही सी का सबै खेलहरु बहराईनी शहर अरद स्थित अल मुहरक स्टेडियममा हुनेछन् । समूहको शिर्ष टोली आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कपका लागि छनौट हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...