सहारा एकेडेमीलाई सहयोग प्रदान

सहारा क्लब पोखराद्धारा संञ्चालित कठिन परिस्थिति र विपन्नबर्गका बालकहरुको एकेडेमी सहारा एकेडेमीका बालकहरुलाई कास्की घान्द्रुक घर भई हाल बेलायत, ट्रर्नब्रिच यु.के.निवासि सिता गुरुङ लगायत वहाँको छोरा विवेक गुरुङ्गबाट सहयोग हस्तान्तरण भएको छ ।

एकेडेमीका बालकहरुलाई ज्याकेट ३३ थान, माथि लगाउने टप ७ थान, टि सर्ट २६ थान र खाजा खाने खर्च नगद १० हजार रुपैयाँ वहाँहरुले आज एकेडेमी परिसरमा गई हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा वहाँहरुले एकेडेमी परिसरको अवलोकन गर्दै आश्रित एकेडेमीका बालकहरुसँग परिचय गर्दै भविष्यमा राम्रो काम गर्न प्रोत्साहन गर्नु भएको थियो ।

क्लबका वरिष्ठ उपाध्यक्ष केशब बहादु् थापा,कोषाध्यक्ष विश्वराज बराल, कार्य समिति सदस्य विनु राना,देवी रिमाल र महासचिब केशब राज बराल समेतले वहाँहरुलाई स्वागत गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...