पुलिसलाई हराउँदै आर्मी फाइनलमा

रमेश समदर्शी, इलाम, खेलदैनिक

इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो माइ भ्याली गोल्ड कपको पहिलो सेमिफाइनलमा आज नेपाल आर्मी क्लबले १० जनामा सिमित नेपाल पुलिस क्लबलाई २-० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा आर्मीकालागि टकं वस्नेत र सन्तोष तामाङ्ले गोल गरे ।

हेम तामाङले दोहोरो पहेलो कार्ड पाए पछी ७५ औ मिनेटमा मैदान छोडेका थिए ।

खेलको म्यान अफ दी म्याच आर्मीका बिमल पाण्डे घोषित हुँदै नगद सात हजार पाउन सफल भए ।

बिहीवार झापा एघार र एपीएफबीच दोस्रो सेमिफाइनल खेल हुने छ ।

यो प्रतियोगितामा विभागीय टिमसहित १० टिम सहभागि छन् । चैत्र २६ गते फाइनल खेल हुने छ ।

माइभ्याली फुटबल क्लब र इलाम जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकप विजेताले नगद चार लाख पाउँदा उपविजेताले नगद २ लाख ५० हजार र ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...