पुलिस र आर्मी आज भिड्दै

तेस्रो माइ भ्याली गोल्ड कपको पहिलो सेमिफाइनलमा आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब इलामको ठूलो टुँडिखेलमा भिड्दै छन् ।

खेल ३ बजेबाट शुरु हुनेछ ।

चैत्र २६ गतेसम्म चल्ने यो प्रतियोगितामा विभागीय टिमसहित १० टिम सहभागि छन् ।

माइभ्याली फुटबल क्लब र इलाम जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकप विजेताले नगद चार लाख पाउँदा उपविजेताले नगद २ लाख ५० हजार र ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...