आयोजक नर्थ राधानगर फाइनलमा

पथरी (खेलदैनिक) । नर्थ राधानगर नकआउट कपको फाइनल भिडन्त आयोजक नर्थ राधानगर फुटवल क्लव र पञ्चायन फुटवल क्लव सुनसरी बिच हुने भएको छ । दोस्रो सेमिफाइनलमा नवयुवा क्लव बुढिगंगालाई १ का विरुद्ध ४ गोलले हराउँदै आयोजक नर्थ राधानगरले फाईनलको यात्रा तय गरेको हो ।

खेलको ८ औं मिनेटमा नवयुवाका लागि निशान लिम्बुले गोल गर्दै अग्रता लिए पनि त्यो अग्रता कायम राख्न सकेन्न । पहिलो हाफको अतिरिक्त समयमा आयोजक नर्थ राधानगर फुटवल क्लवले पाएको कर्नर किकलाई सदुपयोग गर्दै विबेक पौडेलले खेल बराबरीमा पुराए ।

आयोजकका लागि दोस्रो हाफको ३४ औं मिनेटमा बिक्रम धिमाल, ३९ औं मिनेटमा विबेक पौडेल र ४९ औं मिनेटमा मिलन परियारले थप तीन गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

खेलको म्यानअफ द म्याच आयोजकका मैसम सुब्बा घोषित हुदै नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल, ट्रर्फी तथा प्रमाण पत्र प्राप्त गर्ने छन भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्ने छन ।


प्रतिक्रिया दिनुहोस

Loading...