झरनासँग फूलबारी पराजित

सुरज राना मगर, बुटवल, खेलदैनिक

प्रथम भू.पू. सैनिक कप नकआउट फुटबल प्रतियोगितामा झरना स्पोर्टस् क्लब, कुञ्जलापुरले जित हात  पार्दै क्वार्टरफाइनल प्रवेश गरेको छ ।

जित हात पार्ने क्रममा मंगलबार सम्पन्न खेलमा झरनाले फूलबारी गाईजलाई शून्यकाविरुद्ध २ गोलले पराजित गरेको छ । खेलमा झरनाले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो । जुन अग्रता झरनाको जितका लागि निर्णायक बन्न पुग्यो । झरनाका लागि संगम थापा र बिनोद रानाले एक–एक गोल गरे ।

त्यस्तै मंगलबारको खेलमा झरनाका रितेश थापाले रातो कार्ड खाँदै मैदान बाहिरिनु परेको थियो । दोस्रो हाफमा दश खेलाडीमा सिमित झरनाविरुद्ध फूलबारीले आक्रमक प्रदर्शन गरे पनि गोल गर्न नसक्दा पराजय बेहोर्नुप¥यो ।

मंगलबारको खेलमा फूलबारी गाईजका अनुप गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र २३ गते बुधबारको खेल आयोजक भू.पू. सैनिक जवई स्र्पोटिङ्ग क्लब र न्यू वर्मा युवा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिनुभयो ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनल २०७४ साल बैशाख १ (नयाँ वर्ष) गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीले ट्रफीसहित नगद ५१ हजार १ सय ११ रुपैया हात पार्नेछन् । प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...