रोहित चन्द जाकार्तामा; पर्सिजा जकार्ताबाट खेल्न सक्ने !

नेपाली राष्ट्रिय टिमका खेलाडी रोहित चन्द जकार्ता पुगेका छन्।
उनी इन्डोनेशियन लिग खेल्न त्यहाँ गएका हुन।

रोहित आज पर्सिजा जकार्ताको अभ्यासमा सामेल भएका थिए।

पर्सिजाका कोच स्टिफानोका अनुसार रोहितलाई भोलि इन्डोनेशिया यु२२ सँग हुने मैत्रिपूर्ण खेलमा खेलाउन चाहँन्छन्   ।

“हामी रोहितको बारेमा चाडै निर्णय गर्नेछौ”, उनले भने।

रोहितले २०१५को सिजनमा  इन्डोनेशियन क्लब टि-टीम एफसीबाट खेलेका थिए। पछिल्लो समय उनी घुडाको समस्याबाट ठीक भएर मैदानमा फर्केका हुन।


प्रतिक्रिया दिनुहोस

Loading...