जकार्ताका लागि रोहितको गोल (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियन शिर्ष लिगमा चर्चित क्लब पर्सिजा जकार्ताका लागि व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार खेलाडी रोहित चन्दले नयाँ सिजनमा टोलीका लागि पहिलो गोल गरेका छन् ।

मंगलबार पकनसरी बोगोर स्टेडियममा भएको खेलमा जकार्ताले पर्सितासँग १–१ को बराबरी खेलेको खेलमा जकार्ताका लागि रोहितले नै शुरुवाती गोल गरेका थिए । तर जकार्ताले त्यो गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो ।

रोहितले पहिलो हाफको ३०औं मिनटमा गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफ कै ४२औं मिनटमा इर्सद मौलानाले पर्सिताका लागि बराबरी गोल फर्काएका थिए ।

यो नतिजापछि ५ खेलबाट ७ अंक जोडेको जकार्ता लिगतालिकाको छैठौं स्थानमा छ र लिगलिडर बाली युनाइटेड भन्दा ४ अंकले पछाडी छ । उता जकार्तालाई बराबरीमा रोकेको पर्सिता भने समान अंक भए तापनि गोल भिन्नताले पछि पर्दै जकार्ता भन्दा एक स्थान तल सातौं स्थानमा छ ।

जकार्ताले आफ्नो आगामी खेल शनिबार पर्सिराजा बन्दा आसेहसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...