स्व. राम बहादुर श्रेष्ठ गोल्डकपको विजेतालाई २ लाख

बिजयबस्ती (खेलदैनिक) । आउँदै गरेको नेपालीहरुको महान चाड बडादशैं २०७८ को अवसरमा ठोरी गाउँपालिका ४ बिजयबस्तीमा “समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

बिजयबस्ती फुटबल क्लबको आयोजना आउँदो असोज ९ देखि २६ गते सम्म चल्ने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने आयोजकले जानकारी दियो ।

पर्साको ग्रामीण क्षेत्रमै अहिलेसम्मको सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

त्यस्तै उत्कृष्ट खेलाडीले ट्रफीसहित नगद २० हजार प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले चांदीको जुत्ता हात पार्नेछ । साथै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

बिजयबस्तीको खेल मैदानमा आयोजना हुने प्रतियोगिताका लागि खेलमैदान मर्मत तथा सहयोग संकलनको कार्य तिब्र रुपमा भइरहेको आयोजक समितिका अध्यक्ष झलक श्रेष्ठले बताए ।

प्रतियोगिताको सबै खेलहरु गोलनेपाल डटकमले आफ्नो अनलाईन पोर्टलमा प्रत्यक्ष प्रसारण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...