भेट्रान फुटबल टुर्नामेन्टको खेलमा पूर्वाञ्चल विजयी

(धुलाबारी)  इन्डो नेपाल भेट्रान फुटबल टुर्नामेन्टको सोमबार भएको खेलमा पूर्वाञ्चल  भेट्रान फुटबल क्लव विजयी भएको छ ।
धुलाबारीस्थित कोलेनीकाको खेल मैदानमा आज भएको खेलमा पूर्वाञ्चल भेट्रान फुटबल क्लवले बिर्तामोड युनाईटेड भेट्रान फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको निर्धारित समयमा गोल नभएपछि खेलको अतिरिक्त समयमा पूर्वाञ्चलका विनोद गुरुङले गरेको गोल नै निर्णायक गोल भएको थियो । खेलको म्यान अफ दी म्याच विजेता टिमका विनोद घोषित भए ।

धुलाबारी भेट्रान फुटबल क्लवको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको विजेताले ५० हजार र उप विजेताले ३० हजारसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन् । भोलिको पहिलो सेमी फाइनल खेल  काकरभिट्टा भेट्रान फुटबल क्लब र धुलाबारी भेट्रान फुटबल क्लब बिच हुने भएको आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...