उदियमान घलान थ्रीस्टारमा आवद्ध

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलमा आशा लाग्दा खेलाडीका रुपमा उदाएका आयुष घलान आउँदो शहिद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा आवद्ध भएका छन् ।

घलानलाई अनुवन्ध गरेको कुरा थ्रीस्टारले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत समेत जानकारी गराएको छ । घलानले थ्रीस्टारको जर्सी नम्बर १९ लगाएर मैदानमा उत्रिने छन् ।

उमेर मात्र १८ बर्ष पुगेका घलानले विश्वकप छनौटतर्फ गत जुन ११ तारीखका दिन कुवेतमा भएको अष्ट्रेलिया विरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए ।

मिडफिल्डरको भूमिकामा आफूलाई निखारिरहेका घलानले केही महिना अघि सम्पन्न पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा पोखरा थन्डर्सका लागि समेत खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...