अभिषेकले यसको लिग मच्छिन्द्रबाटै खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य अभिषेक रिजालले यसै बर्ष हुने शहिद स्मारक ए डिभिजन लिग मच्छिन्द्र क्लबबाटै खेल्ने भएका छन् ।

रिजालले मच्छिन्द्रसँगै नयाँ सम्झौता गरेको कुरा क्लबले आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी दिएको छ । क्लबले अभिषेकसँग गरेको आर्थिक सम्झौताबारे भने विस्तृत रुपमा खुलाइएको छैन ।

स्मरण रहोस, मच्छिन्द्रले गत सिजन लिग उपाधि जित्दा अभिषेक पनि क्लबका लागि महत्वपुर्ण सदस्य थिए । केही महिना अघि उनले चर्चित भारतीय आइ लिगमा एजवाल एफसीका लागि खेलेका थिए ।

मच्छिन्द्रले आइतबार मात्र राष्ट्रिय टोलीका अर्का महत्वपुर्ण सदस्य मनिष डाँगीलाई पनि अनुवन्ध गरेको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत घोषणा गरेका थियो ।

यस बर्षको ए डिभिजन लिग आउँदो कार्तिक २९ गतेदेखि शुरु हुने एन्फाले जनाईसकेको छ । यसबर्षको लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्ने पनि एन्फाले घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...