साफ च्याम्पियनसिप माल्दिभ्समा हुने, मितिको पनि टुंगो लाग्यो

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली फुटबलको कुम्भमेला साफ च्याम्पियनसिपको १३औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ । स्मरण रहोस, माल्दिभ्स गत संस्करणको विजेता समेत हो ।

प्रतियोगिता आयोजनाका लागि माल्दिभ्ससँगै नेपालले पनि आफ्नो दावेदारीता प्रस्तुत गरेको थयो । त्यसमध्ये नेपालको भन्दा माल्दिभ्सको प्रस्ताव प्रभावकारी देखिएको भन्दै साफ कमिटीको सोमबार बसेको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो ।

साफ च्याम्पियनसिपको आयोजकको टुंगो लागेसँगै प्रतियोगिगता आयोजना हुने मिति पनि तोकिएको छ । जसअन्तरगत प्रतियोगिताको १३औं संस्करण यहि आउँदो अक्टुबर १ देखि १३ तारीखसम्म हुनेछ ।

प्रतियोगितामा नेपालसहित, माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले सहभागिता जनाउने निश्चित भईसकेको छ । भुटानले भने यसबारे केही दिनमा निर्णय गर्ने बताइएको छ । उता फिफाको प्रतिवन्धमा परेको पाकिस्तानले भने सहभागिता नजनाउने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस

Loading...