काठमाडौं जेभियर र साइपाल फाइनलमा

काठमाडौं जेभियर र साइपाल एकेडेमी प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय छात्र फाइभ ए साइड फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

काष्ठमण्डप विद्यालयद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा जेभियरले रिलायन्स रेसिडेन्सियल स्कुललाई २–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि सरोज लुङगेली र आदर्श भट्टराईले १–१ गोल गरे ।

अर्को सेमिफाइनलमा साइपालले द एक्सेल्सियर स्कुललाई ७–१ गोलले हरायो । साइपालका मुकेश तामाङले ह्याट्रिक गरे भने निशान माझी र इङलाहाङ लिम्बूले २–२ गोल थपे । फाइनल सोमबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...