भेट्रान फुटबल टुर्नामेन्टको खेलमा काकरभिट्टा विजयी

(धुलाबारी) इन्डो नेपाल भेट्रान फुटबल टुर्नामेन्टको आईतबार भएको खेलमा काकरभिट्टा भेट्रान फुटबल क्लव विजयी भएको छ ।

धुलाबारीस्थित कोलेनीकाको खेल मैदानमा आज भएको खेलमा काकरभिट्टा भेट्रान फुटबल क्लवले भारतको कन्चनजंघा भेट्रान फुटबल क्लवलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको पूर्वाद्धको २२ , ३० औ मिनेटमा काकरभिट्टाका लाक्पा लामाले दुई गोल गरेका थिए । भने पूर्वाद्धको अन्तिम समयमा कन्चनजंघाका कवि सरकारले एक गोल फर्काएका थिए । उत्ताद्र्धको १८ र २३ औ मिनेटमा काकरभिट्टाकै लाक्पा लामाले दुई गोल गर्दै ह्याट्रिक सहित ४ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच विजेता टिमका ह्याट्रिक कर्ता लामा घोषित भए ।

धुलाबारी भेट्रान फुटबल क्लवको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको विजेताले ५० हजार र उप विजेताले ३० हजारसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

भोलिको दाश्रो क्वाटर फाइनल खेल पूर्वाञ्चल भेट्रान फुटबल क्लब र बिर्तामोड युनाईटेड भेट्रान फुटबल क्लब बिच हुने भएको आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...