सहारा एकेडेमीको अक्षयकोषको लागि सहयोग आउने क्रम जारी

सहारा क्लब पोखराद्धारा सञ्चालित सहारा एकेडेमी दोविल्लामा सहारा यू. के. का सल्लाहकार चन्द्रबहादुर गुरुङ्गका धर्मपत्नि शान्त गुरुङ्ग र छोरा सचित गुरुङ्गलाई सहारा क्लब पोखराका अध्यक्ष त्रीरभद्र आचार्य एवं पदाधिकारीहरुले माला तथा खादा लगाएर स्वागत गरेका थिए ।

उक्त अवसरमा छोरा सचित गुरुङ्गको नामबाट सहारा एकेडेमी अक्षयकोषको लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन साथै एकेडेमीका बालकहरुलाई खाद्यान पनि वितरण गरेका थिए ।

यस भन्दा अगाडी सहारा एकेडेमी भवन निमार्णको लागि ३ लाख रुपैयाँ प्रदान गरेका थिए ।

विगत ३ वर्ष देखी एकेडेमीमा कठिन परिस्थिति एवं विपन्न वर्गका नेपाल भित्रका १६ जिल्लाको २८ जना बालकहरुलाई आश्रय दिई आवसिय रुपमा राखिएकोछ ।


प्रतिक्रिया दिनुहोस

Loading...