पथरी बन्यो मेयर कप च्याम्पियन

सुन्दरहरैचा (खेलदैनिक) । पथरी नगरपालिका मंगलबार सम्पन्न प्रथम सुन्दरहरैचा नगरपालिका मेयर कप नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

फाइनलमा सुन्दरहरैचा नगरपालिकालाई शून्यका विरुद्ध १ गोलले हराउँदै पथरी च्याम्पियन बनेको हो । पथरीको जितमा पहिलो हाफको ३१औं मिनटमा सन्तोष न्यौपानेले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

विजेता बनेको पथरीले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्यो । सुन्दरहरैचा नगरपालिका, बिराटचोक मोरङको आयोजना तथा शुक्रबारे युवा क्लबको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा मोरङका कुल ९ नगरपालिकाका टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...