भेट्रान फुटबल टुर्नामेन्टको खेलमा बिर्तामोड युनाईटेड विजयी

(धुलाबारी) इन्डो नेपाल भेट्रान फुटबल टुर्नामेन्टको शनिबार खेलमा बिर्तामोड युनाईटेड भेट्रान फुटबल क्लव विजयी भएको छ ।
धुलाबारीस्थित कोलेनीकाको खेल मैदानमा आज भएको खेलमा बिर्तामोड युनाईटेड भेट्रान फुटबल क्लवले चारआली भेट्रान फुटबल क्लवलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको पूर्वाद्धको १० औ मिनेटमा चारआलीका भूवन तामाङले अन साइड (आत्माघाती) गोल गरेका थिए । भने १५ औ मिनेटमा बिर्तामोडका कुमुद लिम्बूले एक गोल गरेका थिए । उत्ताद्र्धको २० औ मिनेटमा चारआलीका बिकास गिरीले एक गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ दी म्याच विजेता टिमका कुमुद लिम्बू घोषित भए ।

धुलाबारी भेट्रान फुटबल क्लवको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको विजेताले ५० हजार र उप विजेताले ३० हजारसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन् । भोलिको पहिलो सेमी फाइनल खेल काकरभिट्टा भेट्रान फुटबल क्लब र भारतको कन्चनजंघा भेट्रान फुटबल क्लब बिच हुने भएको आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...