भोजपुर गोल्डकपको पनि फाइनलमा पुग्यो अफ्रिकन

भोजपुर (खेलदैनिक) । अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन जारी चौथो भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भोजपुर स्थित टुंडिखेल मैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा अफ्रिकनले भगवती स्पोर्टस क्लब, खोटाङलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । अफ्रिकनको जितमा एम्बाकोपले ह्याट्रिक गर्दै एक्लैले तीन गोल गरे ।

ह्याट्रिककर्ता एम्बाकोप म्यान अफ द म्याच मसेत घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे । स्मरण रहोस, अफ्रिकन बुधबार मात्र सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिता अन्तरगत बैशाख १० गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल गोर्खा ब्वायज स्पोर्टस क्लब, रुपन्देही र आयोजक भोजपुर–११ बीच हुने आयोजकले जनाएको छ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...