बुद्धशान्ति १ अध्यक्ष कपको फाइनलमा

झापा (खेलदैनिक) । प्रथम गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगितामा बुद्धशान्ति १ नम्बर वडा फाइनलमा प्रवेश गरेको छ ।

त्रिभुवन माविको मैदानमा आयोजित खेलमा वडा नम्बर ६ लाई ३ ० गोलअन्तरले पराजित गर्दै १ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो ।

१ नम्बर वडाका लागि विकास कट्टेल, धिरेन्द्र मगर र राहुल लिम्बूले गोल गरे । बिहीबार वडा नम्बर २ र ७ बीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

बुद्धशान्ति खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ । विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार र ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...