स्पोर्टिङ क्लबलाई बेलायती सेनाहरुको सहयोग

पथरी (खेलदैनिक) । फुटवल खेल र खेलाडीको हौसलाका लागि ब्रिटिश सेनामा कार्यरत फुटवल प्रेमी युवाहरुले स्पोर्टिङ क्लबलाई खेलकुद सामग्री उपलब्ध गराएका छन ।

मोरङको पथरीशनिश्चरेबाट ब्रिटिश सेनामा भर्ति भएका ८ युवाहरुले ६२ हजार बरावरको खलकुद सामाग्री उपलब्ध गराएका हुन । स्पोर्टिङ क्लबबाट लामो समय खेल समेत खेलेका सेनाहरुले खेलाडीको हौसला र खेलको विकासका लागि खेल सामाग्री सहयोग गरेको बताएका छन् ।

ब्रिटिश सेनामा कार्यरत जिवन राईको नेतृत्वमा पथरी स्पोर्टिङ क्लबका खेलाडीलाई चाहिने बिभिन्न प्रकारका ट्रेनिङ सामग्रीहरु क्लवलाई हस्तान्तरण गरिएको छ । उक्त सामाग्री पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले क्लवका खेलाडी, कोच र कोषाध्यक्ष कुल बहादुर गुरुलाई हस्तान्तरण गरे ।

ब्रिटिश सेनामा कार्यरत जिवन राई सहित सन्जोक राई, सागर राई, पुकार राई, सुर्य मान राई, निरोज लिम्बु, बिकाश राई र सचिन चोङ्बाङले सो ट्रेनिङ सामग्री उपलब्ध गराएका हुन ।

सामाग्री बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिप कुमार राइले खेल र खेलाडीको विकासका लागि ब्रिटिश सेनामा कार्यरत युवाहरुको सहयोगी मनको प्रसंसा गदै नगरले खेल सामाग्री र चेन्जिङ रुमका लागि खेल मैनानमा भवन निमार्ण गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...