यू १४ लाई खुशीको खबर, एन्फाले एकेडेमीका लागि खेलाडी छनौट गर्दै

खेलदैनिक पोखरा, १८ चैत / अखिल नेपाल फुटबल संघ एन्फाले आफूद्वारा सञ्चालित एकेडेमीका लागि १४ वर्ष मुनिका खेलाडी छनौट गर्दैछ ।

४५ जिल्लामा एन्फा अन्तर्गतका जिल्ला तहका फुटबल संघहरु छन् । सबैमा पहिलो चरणको छनौट चैत २३ देखि २५ गतेसम्म हुने जनाईएको छ । त्यसपछि क्षेत्रीय छनौट वैशाख ३ देखि ५ गतेसम्म हुनेछ । फाईनल राउण्ड भने वैशाख १० देखि १५ सम्म एन्फा कम्प्लेक्समा गर्नेछ ।

एन्फाले छनौटमा सहभागी हुन सबैले जन्मदर्ताको प्रमाणपत्र ल्याउन पनि भनेको छ । यदि छनौट भएको खण्डमा राष्ट्रिय सहभागिताका साथै खान, बस्न र शिक्षा निःशुल्क हुनेछ । एन्फाले प्रकाशित गरेको यो सूचनालाई सकेसम्म धेरैको पहुँचमा पु¥याएर सहयोग गरौं ।


प्रतिक्रिया दिनुहोस

Loading...