काष्ठमण्डप कप फुटबल शनिबारदेखि

काष्ठमण्डप विद्यालयको आयोजनामा प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय फाइभ ए साइड फुटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा एसइइ दिएर बसेका ८ छात्र टिमको सहभागिता रहने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

समूह ‘ए’ मा आयोजकसहित ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए), काठमाडौं जेभियर र द एक्सेल्सियर स्कुल तथा समूह ‘बी’ मा साइपाल, रिलायन्स रेसिडेन्सियल, रोज बड र बाबा बोर्डिङ हाइ स्कुल रहेका छन् ।

प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजककै मैदानमा हुनेछ । फाइनल सोमबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...