भेट्रान फुटबल टुर्नामेन्टको दोश्रो खेलमा धरमपुर विजयी

धुलाबारी- इन्डो नेपाल भेट्रान फुटबल टुर्नामेन्टको दोश्रो खेलमा धरमपुर भेट्रान फुटबल क्लव विजयी भएको छ ।
धुलाबारीस्थित कोलेनीकाको खेल मैदानमा आज भएको खेलमा धरमपुर भेट्रान फुटबल क्लवले दमक, लखनपुर भेट्रान फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको पूर्वाद्धको २२ औ मिनेटमा धरमपुरका शम्भु धिमालको क्रस बललाई रोशन सुब्बाले जाली चुमाएका थिए । गोल भएको ३ मिनेट नबित्दै फेरि धरमपुरका रोशनले दिएको क्रस बललाई नियन्त्रण गर्दै वान भर्सेस वानमा लीला जोशीले गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच विजेता टिमका रोशन सुब्बा घोषित भए ।

धुलाबारी भेट्रान फुटबल क्लवको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको विजेताले ५० हजार र उप विजेताले ३० हजारसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन् । भोलिको खेल काकरभिट्टा भेट्रान फुटबल क्लब र बिर्तामोड एफसी भेट्रान फुटबल क्लब बिच हुने भएको आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...