आज बाट सुरु भएको तेस्रो माइ भ्याली गोल्ड कप अन्तर्गत पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक माइ भ्याली क्लब लाई ३-० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रबेस गरेको छ।
पुलिसको लागि भरत शाह, अभिसेक रिजाल र तेज तमाङले १-१ गोल गरे।
पुलिसको भेट मनाङ सँग चैत्र २४मा हुनेछ।
माइ भ्याली र ईलाम जिल्ला फूटबल संघले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरिएको हो।