बिर्तामोडलाई हराउँदै अफ्रिकन सेमिफाइनलमा

बागमती (खेलदैनिक) । अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन यहाँ जारी चौथो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मकवानपुरको बागमती गाउँपालिका फापरबारी स्थित जनता माविको खेलमैदानमा सम्पन्न खेलमा अफ्रिकनले बिर्तामोड युनाइटेड, झापालाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

अफ्रिकनको जितमा नासेकले २० र ३४औं मिनटमा गरि दुई गोल गरेका थिए । त्यस्तै ५४औं मिनटमा एन्जिमी र ६४औं मिनटमा नाकोपले गोल गर्दै अफ्रिकी टोलीको जित पक्का गरेका थिए ।

उता बिर्तामोडका लागि सुनिल खड्काले एक मात्र सान्त्वना गोल फर्काए । खेलको म्यान अफ द म्याच अफ्रिकन रुटसका नासेक घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत्र १७ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल हिमालयन शेर्पा क्लब र बागमती युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...