नेपाल र किर्गिस्तान यु–२३ को बराबरी

काठमाडौं (खेलदैनिक) । थ्री नेशन्स कपतर्फ आफ्नो पहिलो म्याच खेलेको नेपालले बिहीबार किर्गिस्तान यु–२३ सँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । यो बराबरी नतिजासँगै बंगलादेश भने फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

स्मरण रहोस, बंगलादेशले चैत्र १० गतेका दिन भएको प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान यु–२३ लाई १–० ले हराएको थियो । नेपालले अब लिग चरणको अन्तिम खेल चैत्र १४ गते शनिबारका दिन बंगलादेशसँग खेल्नेछ ।

फाइनलमा प्रवेश गर्नका लागि नेपाललाई बराबरी वा निश्चित जितको खाँचो पर्नेछ । यदि १ गोल भन्दा बढी अन्तरले पराजित हुन पुगे नेपाल प्रतियोगिताबाट बाहिरिने सम्भावना समेत छ ।

बिहीबारको खेलमा खेलमा किर्गिस्तानका अविलोव इमाज म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत २५० अमेरिकी डलरसहित ट्रफी समेत हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...