माशाको फराकिलो जितमा अनिताको १६ गोल

काठमाडौं (खेलदैनिक) । पाकिस्तानको एक मात्र आधिकारिक महिला फुटबल प्रतियोगिताका रुपमा रहेको नेशनल वुमन फुटबल च्याम्पियनसिप खेल्न पुगेका नेपाली चेलीहरुले गोलको बर्षा गरिरहेका छन् ।

प्रतियोगितामा माशा युनाइटेडका लागि नेपालका चार महिला खेलाडीहरु अन्जिला तुम्बाप्पो सुब्बा, अनिता केसी, सरु लिम्बु र गीता रानाले खेलिरहेका छन् ।

प्रतियोगिताको समूह बी मा रहेको माशा युनाइटेडले मंगलबार कराँची वुमन फुटबल क्लबमाथि ३५–० को फराकिलो जित निकाल्दा अनिता केसी एक्लैले १६ गोल गरेकी छिन् । त्यस्तै सरु लिम्बुले पनि १० गोल गरिन् ।

त्यस्तै गीता राना र अन्जिला तुम्बाप्पो सुब्बाले पनि समान २–२ गोल गरे । त्यसैगरीले अरिबाले पनि ह्याट्रिक पूरा गरिन् भने समरोज समरिनको नाममा दुई गोल रह्यो ।

उपाधि कै दावेदार मानिएको माशाले क्वाटरफाइनलमा समेत आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...