नेपालले यमनसँग हलचोक मैदानमा खेल्ने

खेलदैनिक पोखरा, १६ चैत / एएफसी एशियन कफ २०१९ छनौट अन्तर्गत यमनसँग नेपालले पहिलो खेल घरेलु भूमिमा खेल्दैछ । दशरथ रंगशालाको प्राविधिक समस्याको कारण यमनसँगको खेल सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा हुनेछ ।

एन्फाले यसअघि नै एपीएफ मैदानमा खेल हुने पक्का जस्तै भएको खेलदैनिकलाई बताएको थियो । यस्तै नेपालले ताजिकिस्तानसँग सेप्टेम्बर ५ मा खेल्नेछ ।

ताजिकिस्तानसँगको खेल अक्टोबर १० मा हुनेछ । फिलिपिन्ससँग होम म्याच सेप्टेम्बर ११ मा हुनेछ । मंगलबारमात्र भएको अवे म्याचमा फिलिपिन्सको घरेलु मैदानमा नेपाल ४–१ ले स्तब्ध बनेको थियो ।

छनौट अन्तर्गत यमनसँग अन्तिम खेल दोहामा अर्को वर्ष मार्च २८ मा हुनेछ । उत्कृष्ट दुई टीम मात्र यूएइमा हुने अन्तिम प्रतिष्पर्धाका लागि टिकट काट्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...