चितवनको मार्की खेलाडी बने भरत

काठमाडौं (खेलदैनिक) । त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान तथा राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास नेपाल सुपर लिगको फ्रेन्चाईज क्लब एफसी चितवनको मार्की खेलाडीका रुपमा अनुवन्धित भएका छन् ।

आईएमई ग्रुपको स्वामित्वमा रहेको चितवनले पूर्व थ्रीस्टार र आर्मी क्लबकै चर्चित प्रशिक्षक मेघराज केसीलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको समेत पुष्टी गरेको छ ।

नेपाल स्पोर्टस एण्ड म्यानेजमेण्टको आयोजनामा आउँदो बैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा हुने सुपर लिगमा सहभागि ललितपुर सिटीले अन्जन बिष्ट र धनगढी एफसीले बिशाल राईलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरिसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग समेत रहने सुपर लिगमा कुल १९ खेलहरु हुने समेत बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...