‘थ्री नेशन्स कप’को खेलतालिका सार्वजनिक

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै हुन गईरहेको तीन देश सम्मिलित फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।

नेपालसहित बंगलादेश र किर्गिस्तानको ओलम्पिक टोलीले सहभागिता जनाउने प्रतियोगिता यहि आउँदो चैत १० देखि १६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

प्रतियोगिताको उद्घाट खेलमा चैत १० गतेका दिन किर्गिस्तान र बंगलादेश भिड्ने छन् । त्यस्तै चैत १२ गतेका दिन नेपाल र किर्गिस्तान भिड्ने छन् भने चैत १४ गतेका दिन लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश आमने सामने हुने छन् ।

लिग चरणको खेलपछि शिर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि फाइनलमा भिड्ने छन् । फाइनल खेल भने चैत १६ गतेका दिन हुनेछ ।

सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् भने खेल शुरु हुने नेपाली समय ५ः३० बजे तोकिएको एन्फाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...