मेयर कपः वार्ड नम्बर ५ र १३ सेमीफाइनलमा

हेटौडा (खेलदैनिक) । हेटौंडाको हुप्रचौरमा जारी मेयर कप नकआउट फुटबल प्रतियोगितामा हेटौंडाको ५ र १३ नम्बर वडाहरु सेमीफाइनल प्रवेश गरेका छन् । बिहीबार भएको क्वाटरफाइनल खेलहरुतर्फ ५ ले ६ नम्बर वडालाई र १३ ले ११ नम्बर वडालाई हराउँदै सेमीफाइनलमा भिडन्त पक्का गरेको हो ।

खेलमा वार्ड नम्बर ५ ले ६ लाई ३–० गोल अन्तरले स्तब्ध बनायो । खेलमा पाँच नम्बर वडाका सुरज बिष्ट म्यान अफ द म्याच घोषित भए । त्यस्तै बिहीबार नै भएको अर्को खेलमा वार्ड नम्बर १३ ले ११ लाई २–० ले हरायो ।

वार्ड नम्बर १३ को जितमा दिपक थिङले एक गोल गरेका थिए भने अर्को खेलमा वार्ड नम्बर ११ का खेलाडीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । खेलमा १३ नम्बर वडाका डिफेण्डर दिलिप मोक्तान म्यान अफ द म्याच भए ।

प्रतियोगिता अन्तरगत फागुन २१ गते शुक्रबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा १८ र ७ नम्बर वडा खेल्नेछ भने दोस्रो खेल १९ र १० नम्बर वडाको बीचमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...