रोहितको दुई गोलसँगै भैरव फाइनलमा

बुङ्ची (खेलदैनिक) । भैरव स्पोर्टस क्लब, नवलपरासी जारी प्रथम सुर्योदय कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गर्ने क्रममा भैरवले सोमबार भएको दोस्रो सेमिफाइनलमा न्यु युथ युनियन क्लब, पाल्पालाई २–० ले हरायो ।

बुङ्ची, कपिलवस्तु स्थित सिद्धार्थ खेलमैदानमा भएको खेलमा भैरवका लागि दुवै गोल रोहित थारुको नाममा रह्यो । रोहितले खेलको दशौं र ३४औं मिनटमा गरेको दुई गोल भैरवलाई उपाधि नजिक पुर्याउन प्रर्याप्त बन्यो । भैरवका निर्णायक गोलकर्ता रोहित थारु खेलको म्यान अफ द म्याच समेत चुनिए ।

भैरवले अब फाइनलमा यहि फागुन १९ गतेका दिन आयोजक सुर्योदय सामाजिक विकास संस्था, बुङची कपिलवस्तुसँग उपाधिका लागि भिड्ने छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...