फ्रेण्डसको साधारण सभा सम्पन्न, क्लबले आफ्नै मैदान निमाृण गर्ने

काठमाडौं (खेलदैनिक) । नेपालको राष्ट्रिय ए डिभिजन क्लब फ्रेण्डस क्लब, कोपुण्डोलको फागुन १५ शनिबार एक कार्यक्रमका बीच विभिन्न निर्णयका साथ साधारण सभा सम्पन्न भएको छ ।

कोपुण्डोल स्थित कोपुण्डोल ब्यान्क्वेटमा क्लबका अध्यक्ष राजिवराज पौड्यालको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ रहेका थिए ।

क्लबका प्रवक्ता राजाराम तण्डुकारका अनुसार सो साभारण सभाले केही महत्वपूर्ण निर्णयहरु समेत गरेको बताए । तण्डुकारका अनुसार आउँदो चैत २८ गते क्लबको नयाँ कार्यसमिति निर्वाचन गर्ने बताए । त्यसका लागि क्लबका आजिवन सदस्य राम खनालको संयोजकत्वमा निर्वाचन कमिटि बनाउने निर्णय समेत भएको प्रवक्ता तण्डुकारले बताए ।

त्यसैगरी साभारण सभाले गरेको अन्य केही महत्वपूर्ण निर्णयहरुमा एएफसी र फिफाको नीति अनुसार क्लबको विधान संशोधन गर्ने, क्लब लाइसेन्सिङको प्रक्रिया अघि बढाउने, चाँगुनारायण नगरपालिकामा क्लबको खेल मैदान निर्माण गर्ने निर्णय भएको समेत तण्डुकारले जानकारी दिए । साथै सो मैदानका लागि डिपिआर पनि तयार भइरहेको उनले बताए ।

सो अवसरमा चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र, विशेष अतिथीका रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्वाङ लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...