बी डिभिजन लिगतर्फ शनिबार दुवै खेलहरु बराबरीमा सकियो

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक बी डिभिजन लिगतर्फ शनिबार भएका दुई खेलहरु गोलरहित बराबरीमा सकिएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुल्चोक स्पोर्टस क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेले भने दोस्रो खेलमा बाँसबारी क्लब र श्री कुमारी क्लबले पनि बराबरी खेल्दै अंक बाँडे ।

पहिलो खेलको नतिजापछि पुल्चोक ७ खेलबाट मात्र २ अंक जोड्दै लिगतालिकाको पुछारमा छ भने ६ अंक जोडेको श्री भतवती नवौं स्थानमा छ । त्यस्तै दोस्रो खेलको नतिजापछि बाँसबारी क्लब ७ खेलबाट १५ अंक जोड्दै तेस्रो स्थानमा रहँदा श्री कुमारी क्लब भने ७ अंकका साथ आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...