बिराज महर्जन पहिलो एघारमा परेनन्

फिलिपिन्स विरुद्ध नेपालको पहिलो एघार घोषणा भएको  छ । सधै टीममा पर्ने बिराज महर्जन पहिलो एघारमा परेनन् । उनको स्थानमा कमल श्रेष्ठ परेका  छन्।

एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले पहिलो अवे म्याच फिलिपिन्ससँग उसकै घरेलु मैदानमा आज खेल्दैछ ।

मनिला स्थित रिजाल मेमोरियल स्टेडियममा नेपाली समयानुसार बेलुकी पौने ६ बजे खेल सुरु हुनेछ ।

पहिलो एघार:
गोलरक्षक: किरण कुमार लिम्बु।
डिफेन्डर : रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ।
मिडफिल्डर : बिक्रम लामा, रोहित चन्द, अन्जन विष्ट, सुजल श्रेष्ठ।
फरवार्ड: बिमल घर्ती मगर, भरत खवास ।


प्रतिक्रिया दिनुहोस

Loading...