नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा खेल्ने

काठमाडौं । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट खेलतर्फ दोस्रो चरणको अन्तिम तीन खेलहरु नेपालले घरेलु मैदान मै खेल्ने तय भएको थियो ।

तर हाल विश्वव्यापी कोभिड–१९ महामारीका कारण विभिन्न देशहरुले अपनाएको स्वास्थ्य सुरक्षा नीतिका कारण तत्काल सबै देशहरुमा खेलकुद गतिविधीहरु हुन सक्ने अवस्था नदेखिएपछि फिफा र एएफसीले संयुक्त रुपमा अधिकांश छनौट खेलहरु फेरि स्थगित गरेको छ ।

फिफा र एएफसीले यो संवेदनशील समयमा खेलाडी, अफिसियल, क्लब र अन्य प्रतिनिधीहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर नै सो निर्णय लिनु परेको बताएको छ । यद्यपि एएफसीले छनौट खेलतर्फ सातौं र आठौं म्याच डे का खेलहरु भने निर्धारित समयअनुसार नै हुने स्पष्ट पारेको छ ।

सो खेलहरु यहि माच २५ र ३० तारीखका दिन हुनेछ । जसको अर्थ छनौट खेलतर्फ समूह बी मा रहेको नेपालले अष्ट्रेलिया विरुद्ध खेल्ने तय भएको छ । जुन खेल ३० मार्चका दिन दशरथ रंगशाला मै हुने पनि एएफसीले जनाएको छ । यद्यपि नेपालले खेल्ने भनिएको चाइनिज ताइपेई र जोर्डन विरुद्धको खेल भने स्थगित भएको छ ।

त्यस्तै समूह डी र एफतर्फका तीन खेलहरु पनि एएफसीले तोकेको मितिमा गर्ने निर्णय भएको छ । जसअन्तरगत समूह डी तर्फ २५ मार्चका दिन साउदी अरब र यमनबीचको खेल रियादमा हुनेछ ।

त्यसैगरी समूह एफतर्फ मंगोलिया र ताजिकिस्तान बीचको खेल २५ मार्चका दिन ताजिकिस्तानको घरेलु मैदानमा हुनेछ भने मंगोलिया र जापानबीचको खेल ३० मार्चका दिन जापानको घरेलु मैदानमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...