एएफसी एशियन कप २०१९ छनौटः फिलिपिन्स विरुद्ध कुन-कुन खेलाडी प्लेयिङ ११ मा समेटिनुपर्ला ? खेलाडी चुन्नुहोस्

एएफसी एसियन कप छनोट  अन्तर्गत नेपालले पहिलो अवे म्याच फिलिपिन्ससँग उसकै घरेलु मैदानमा खेल्दैछ ।

मनिला स्थित रिजाल मेमोरियल स्टेडियममा नेपाली समयानुसार बेलुकी पौने ६ बजे खेल सुरु हुनेछ ।

फिलिपिन्स विरुद्ध नेपालका कुन खेलाडी सुरुमै मैदान उत्रनुपर्ला ? खेलदैनिक डटकम तपाईंलाई प्रमुख प्रशिक्षक ग्योतुकु कोजीको जिम्मेवारीको अवसर दिन चाहन्छ । पेजको कमेन्ट बक्समा प्लेयिङ ११ खेलाडी छान्नुहोस् ।

खेलाडीको नामावली तल दिईएको छ । फिलिपिन्स विरुद्ध नेपाली टीम कुन फर्मेशनमा खेल्नु उपयुक्त होला ?

गोलरक्षक : बिकेश कुथु, किरण कुमार लिम्बु, विशाल श्रेष्ठ ।
डिफेन्डर : रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की।
मिडफिल्डर : बिक्रम लामा, रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ।
फरवार्ड: बिमल घर्ती मगर, रन्जन बिष्ट, भरत खवास, कर्ण लिम्बु ।


प्रतिक्रिया दिनुहोस

Loading...