राजर्षि जनक कप: आर्मी फाइनलमा 

खेलदैनिक, १४ चैत / विभागीय टोली  नेपाल आर्मी सर्लाहीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। अब उपाधिका लागि आर्मीले मनाङसँग खेल्नेछ ।
आर्मीले अर्को विभागीय टीम सशस्त्रको एपिएफलाई ३–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । आर्मीका तर्फबाट तीनै गोल दोस्रो हाफमा भएको हो । जर्ज प्रिन्स कार्कीले ५३ औं मिनेट, शेषराज महतोले ८० औं मिनेट र टंक बस्नेतले अन्तिम ईन्जुरी समयमा गोल गरेका हुन् ।

आइतबार हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो। बागमति युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ।


प्रतिक्रिया दिनुहोस

Loading...