खेलदैनिक, १४ चैत / अष्ट्रेलियाको सिड्नीमा चार महिना सम्म चलेको पहिलो सिड्नी नेपलिज सकर कपको उपाधि बेनी एफसीले चुमेको छ । विकेण्डमा सञ्चालित सो कपमा १० टिम सहभागी थिए ।
बेनी एफसी र डाँफेबीच भएको फाईनल खेलमा बेनीले डाँफेलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गरेको हो । निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णयका लागि टाईब्रेकरतर्फ धकेलियो ।
डाँफेका रवि सिन्केमानले सुरुवाती अग्रता दिलाए । त्यसपछि बेनी एफसीका वर्षात मगर र सविन केसीले गोल गरे । डाँफेका निर्देशले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । डाँफे अन्तिम १० मिनेट १० खेलाडीमा सीमित रह्यो ।
प्रतियोगिता अवधिभर १३ गोल गर्ने बेनी एफसीका सबिन केसीसर्वाधिक गोलकर्ता बने भने फाइनल खेलको म्यान अफ द म्याच पनि भए ।